पाल्पामा भेटिए यस्ता अचम्मैका सर्प मान्छे , देखाए खत्रा चमत्कार ! संसार चकित (भिडियो)

0
123

hungama khabar image

पाल्पा । तपाईंहरुलाई सर्पदेखि कत्तिको डर लाग्छ ? ‘निकै लाग्छ नि ! प्राय सबैको जवाफ यस्तै आउछ अझ सर्पलाई समात्न पर्यो भने, सर्प देख्ने वित्तिकै टाप कस्ने तपाइँ हामी प्राय सर्प समात्ने त कल्पना पनि गर्न सक्दैनौं तर पाल्पा जिल्लाको अर्गलीका प्रबिन पाण्डेलाई सर्प समात्नु सामान्य कुरा हो ।

सर्प देख्ने वित्तिकै टोक्छ भन्ने जोकोहीलाई प्रबिनको कला देख्दा अचम्म लाग्छ । उनि सर्प समात्ने मात्र होइन। सर्पलाई शरीरका विभिन्न अंगहरुमा खेलाउँछन् । सर्पहरु घाँटीमा बेरेर शरीरको जुनसुकै भागमा खेलाउन खप्पिस छन् उनी ।

सर्पसँग आफ्नो सामिप्यता गाँसेका प्रबिन हालसम्म सामान्य सर्पदेखि सबैभन्दा खतरनाक मानिने किङ कोब्रासम्म गरी सय बढी सर्पहरु समातिसकेका छन् । प्रबिन चिन्ने उपनाम पनि छ –‘सर्प समात्ने मान्छे’ र ‘स्नेकर म्यान’। उनले छोटो समयमै पाल्पा तथा छिमेकी जिल्लामा आफूलाई स्नेकर म्यानको रुपमा चिनाउन सफल भएका छन् ।

एकपटक सर्प समातिसकेपछि उनको तन्नेरी जोस बढयो । उनको मनमा मैले सर्प समात्न सक्दो रहेछु भन्ने भान बढ्यो। त्यसपछि भने उनले गाँउघरमा कतै सर्प देख्नासाथ समात्न थाले ।

प्रबिनले पनि आफूले सर्प समात्दा धेरै व्यक्तिको ज्यान बँच्छ भने किन नसमात्ने भनेर सर्पहरु समात्दै गए । उनलाई क्रमश सर्पसम्बन्धी फोनहरु आउँन थाल्यो । उनि छिमेकी जिल्लाहरुसम्म पुुगेर सर्प समात्न थाले। अहिले जिल्लामा मात्र नभएर छिमेकी जिल्लामा कसैको घरमा सर्प पस्या भने प्रबिन लाई फोन आउँने उनी बताउछन् ।

प्रबिनले जब सर्प समात्न थाले तब घरका सबै सदस्यहरु डराए। यस्तो काम गर्न हुँदैन भनेर परिवारका सदस्यहरुले सम्झाउन थाले । सर्पले टोकेर ज्यान नै जानसक्छ भन्दै सबैजनाले उनलाई आउँदा दिनमा सर्प नसमात्न आग्रह गर्थे । तर उनले सर्पहरु समातेर घरमा लगेर राख्न थाले । त्यति बेलासम्म उनको चर्चा गाउँमा राम्रैसँग भएको थियो ।

उनको घरमा विज्ञान पढेका विद्यार्थीहरु पुग्न थाले। तिनीहरुले यो राम्रो काम हो भन्थे । ‘उहाँहरु आफू सुरक्षित भएर सर्प समात्नुु राम्रो हो, यसबाट धेरै कुराहरु सिक्न पाईन्छ भन्नुहुन्थ्यो’ प्रबिन भन्छन् ‘त्यसपछि सबैजना सकारात्मक हुुनुुभयो।’ उनले राम्रोसँग बुुझेका छन् सर्पलाई केही नगरे त्यसले केही गर्दैन ।

भिडियो हेर्नुस्

 

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here