यी हुन् कोलकत्ताल र बेङ्लोरको खेलमा बनेका ६ गजबका किर्तिमान, कोहलीले एउटा पनि रेकर्ड बनाएनन्

0
109

काठमाडौं । आइपिएलमा बुधबार राति भएको खेलमा कोलकता नाइटराइडर्सले खराब ब्याटिङ प्रदर्शन गरेको छ । पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्र जोड्न सफल भयो ।

कोलकताको इनिङ ध्वस्त पार्ने क्रममा रोयल च्यालेन्जर्स बेंग्लोरका मोहमद सिराजले कीर्तिमानी बलिङ गरेका थिए । उनले चार ओभरमा २ मेडन राख्दा ३ विकेट लिएर ८ रन मात्र खर्चे। कोलकता ८४ रनमै समेटिए पछि खेलमा ६ रेकर्ड बनेका छन् । ती रेकर्ड यस्ता रहेका छन् :-

बेंग्लोरका मोहमद सिराज आइपिएल इतिहासको एकै इनिङमा दुई ओभर मेडन राख्ने पहिलो बलर बनेका छन् । उनले आफ्नो स्पेलको पहिलो दुई ओभरमा कुनै पनि रन नदिइ तीन विकेट लिएका थिए । उनले कीर्तिमानी बलिङ गर्ने क्रममा कोलकताका राहुल त्रिपाठी, नितिश राना र टम बनटनलाई आउट गरेका थिए ।

कोलकताविरुद्धको खेलमा बेंग्लोरले चार ‌ओभर मेडन फ्याँक्यो । दुई मेडन सिराजले फ्याँक्दा क्रिस मोरिस र वासिङ्टन सुन्दरले पनि १-१ मेडन राखेका थिए । आइपिएलको इतिसहामा एकै इनिङमा चार मेडन राखिएको यो पहिलो खेल बन्यो । यसअघिका एकै खेलमा दुई भन्दा बढी मेडन भने थिएनन् ।

कोलकताका ब्याट्सम्यानले खेलमा ७२ बल डट खेलेका थिए । यो आइपिएलमा दोस्रो बढी डट बल खेलिएको खेल हो । यसअघि कोलकताले नै चेन्नईविरुद्ध गत वर्ष ७५ बल डट खेलेको थियो। यो सिजन कोलकताले मुम्बईविरुद्ध पनि ५८ डट बल खेलेको थियो ।

पूरा २० ओभर खेलेर अलआउट नभइ कोलकताले बनाएको ८४ रन आइपिएलको अहिलेसम्मकै कम स्कोर बन्यो । यसअघि अलआउट नभइ बनेको कम स्कोर राजस्थानविरुद्धको खेलमा मुम्बईले बनाएको ९४-८ थियो । ३ विकेट लिएर ८ रन दिएका सिराजको बलिङ आइपिएल २०२० को उत्कृष्ट बलिङ हो ।

कोलकताका शीर्ष ३ ब्याट्सम्यानले कूल २ रन मात्र जोडेका थिए । यो आइपिलको दोस्रो खराब स्कोर बन्यो । यसअघि डेकन चार्जर्सले सन् २००९ मा चेन्नईका शीर्ष तीन ब्याट्सम्यानलाई डकआउट गरेको थियो ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here