अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण – हंगामा खबर

0
288

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा ट्वीट गर्दै आफूलाई कोरोना पोजितिब भएको सार्वजनिक गरेका छन् । उनले आफू र आफ्नी पत्नी मेलिना ट्रम्पलाई समेत कोरोना भएको जानकारी दिएका छन् । कोरोना संक्रमण देखिएपछि आफू र आफ्नी पत्नी क्वारेन्टाइनमा बसिसकेको जनाएका छन् ।

donald trump tweet
donald trump tweet

 

पछिल्ला दिनमा राष्ट्रपति ट्रम्प कोरोना भाइरसलाई ‘चिनीयाँ भाइरस’ भन्दै गिज्याउँदै आएका थिए । उनले स्वास्थ्य मापदण्ड समेत पालना गरेका थिएनन् । आफू पनि मास्क लगाउदैन्थे र अरुलाई पनि मास्क लगाउँदा जिस्काउने गर्थे । केही दिन अघि भएको राष्ट्रपतिका उम्मेदवारको बसहमा समेत उनले मास्क नलगाईकन सहभागी भएका थिए ।

अमेरिकी स्वास्थ्य अधिकारी तथा विज्ञहरुले भने मास्क लगाउन, सामाजिक दूरी कायम गर्न, हात धुन र स्यानीटाइजरको प्रयोग समेत गर्न बारम्बार आग्रह गर्दै आएका थिए । तर उनले कसैको कुरा मानेन र आफ्नो मनमानी गरिरहे । अहिले संसारभरि सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा नै छन् । शुक्रबार बिहानसम्म अमेरिकामा ७४ लाख ९४ हजार ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये दुई लाख १२ हजार ६ सय ६० जनाको मृत्यु समेत भएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here