दशैँको मुखमा २२ बर्षिय सुबिन लम्सालको सडक दुर्घटनामा मृत्यु

0
242

subin lamsal

पाँचखाल । पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा मण्डनदेउपुरका यूवकको मृत्यु भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ को झिखुखोलाको पुलमा बा ७० प १५८८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मण्डनदेउपुर नगररपालिका वडा नं ७ का २२ बर्षिय सुबिन लम्सालको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार बनेपा स्थित पुलबजारका सुबोध तामाङ गम्भिर घाइते भएका छन् । तामाङको धुलिखेल अस्सपतालमा उपचार भइरहेको प्रहरी कार्यालयल पाँचखालका इन्सिपेक्टर राजेश शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार मोटरसाइकल तिब्र गति रहेकाले अनियन्त्रीत भएर दुर्घटना भएको हो ।

उनको निधन पछि स्मृति ठकुरीले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै :

मानिसको जिन्दगी कहाँ बाट सुरु भएर कहाँ अन्त्य हुन्छ कसैलाई थाहा हुँदैन।। विस्वास नलाग्ने एउटा तितो सत्य मृत्यु कस्को कति बेला कसरी हुन्छ थाहै हुँदैन।। हजुरको मृत्युको खबर सुन्दा विस्वास नै लागेको छैन भाइ
हिजो मात्र happy birthday bhai भनेर लेखेको हजुरको तस्बिरमा आज rest in peace लेख्नुपर्छ भनेर कल्पना समेत गरेकी थिइन। जहाँ भए पनि हजुरको आत्माले शान्ति पाओस् #हार्दिक_श्रद्धाञ्जली😥😥

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here