नेपाली चलचित्र इतिहासमै बन्यो सबैभन्दा छोटो समयमा फिल्म ‘श्री’, जम्मा ७२ घण्टामा

0
397

काठमाडौ । नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समयमा बनेको फिल्म हो ‘श्री’ । यो जम्मा ७२ घण्टामा तयार भएको छ । यतिबेला फिल्म ‘श्री’लाई फिचर फिल्म बताईएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार परेका हुन् ।

फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटै लोकेशनमा जम्मा ७२ घण्टामा फिल्मको सुटिङ पुरा गरिएको छ ।
सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्की आदिको फिल्ममा अभिनय रहेको छ ।

advertise with hungama khabar

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओ एस आर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन्, भने यम बराल, सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा रहेका छन् ।

यस्तो महामारीको परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने उदेश्यले  ‘श्री’ निर्माण गरिएको निर्देशक बोहोराले भनाई छ । शेरबहादुर तामाङको छायाँकन, सुजन बडालको सम्पादन रहेको फिल्म दुई घण्टा अवधिको रहेको छ । फिल्म हल खोलेपछि दर्शकसामु ल्याउने योजना निर्माण युनिटको रहेको बताइएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here