म प्रधानमन्त्री हुँदा कहिल्यै भ्रष्टाचार गरिन, तर ओलीले गर्नु सम्म गरे – शेरबहादुर देउवा

0
358

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार लगाएत अनियमितता गरेको हुनाले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन छिटै आउन सक्ने देउवाको भनाइ छ। नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको अनलाइन भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले धेरै नै बदमासी काम गरिरहेको छ।

हाम्रा साथी-भाइलाई धरपकड गरेको छ।’ ओली नेतृत्वको सरकारले कर्मचारीहरुलाई पनि धम्क्याउने, तर्साउने काम गरिरहेको देउवाको आरोप छ। ‘सरकारले जथाभावी काम गरिरहेको छ। कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ र ओली भने अनुसार मात्र काम गर्नुपर्छ । हामिले हाम्रो पालामा त यस्तो गरेका थिएनौ,’ उनले बताए । उनले ओली सरकारलाई तह लगाउनुपर्ने समय आएको पनि बताएका छन् । ‘ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ,’ देउवाले भने ।

कोरोना महामारीको अबस्ता रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘मैले पहिल्यै देखि नै भनेको थिएकी कम्युनिष्टले जिते देशलाई खतरा हुन्छ । देउवाले भने, ‘कोरोना नआएको भए देश भरिनै जुलुस गर्ने योजना थियो हाम्रो । कोरोनाका महामारीको समयमा आन्दोलन गर्न भएन।’ काँग्रेसको चौधौं महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग ।

 

Sher Bahadur Deuba

 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण बनाउन माग गरेका छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत दुई दर्जन बढी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको पत्र पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् ।

उक्त पत्रमा पार्टी विधानको पालना एवं संरक्षण गर्नु पार्टी सभापतिको प्रमुख जिम्मेबारी भएको उल्लेख गर्दै काँग्रेसको १४ औं महाधिवेशनको निर्धारण गरिएको मिति आगामी फागुनभित्र सम्पन्न गर्ने प्रमुख दायित्व पनि नेतृत्वकै भएको बताइएको छ । पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा गर्नुपर्ने स्थानीय तहको समायोजन प्रक्रिया तथा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विधानमा भएका व्यवस्थालाई ख्यालै नगरी पार्टीबाट विधान विपरित भएका काम तथा निर्णयहरु तत्काल खारेज गर्न पत्रमा माग राखीएको छ ।

 

Sher Bahadur Deuba

 

सो समूहले पार्टीको समायोजन सम्पन्न भइसकेका पार्टीका केही जिल्ला कार्यसमितिले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई फाइल बुझाइ सक्दा पनि क्रियाशील सदस्यता वितरण प्रक्रियामा नै अवरोध सृजना गर्नुका पछाडि निर्वाचन समितिको निष्पक्ष जिम्मेवारीप्रति पनि प्रश्न उठाईएको छ । काँग्रेसमा विलय हुने अन्य राजनीतिक पार्टीका सदस्यका सम्बन्धमा पनि विधान विपरित पद वितरण गर्ने तथा क्रियाशील सदस्यता सम्बन्धि जथाभावी निर्णय गरी विभिन्न मितिमा जिल्लामा परिपत्र गरेको भन्दै नेता पौडेल समूहले ध्यानाकर्षण भएको बताएका छन् ।

गत १३ औ महाधिवेशनमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको समितिले महाधिवेशन सम्पन्न भएपछि प्रक्रिया पु¥याई दिने भनेर राखिएका क्रियाशील सदस्यताका सम्बन्धमा प्रक्रिया पूरा गराई सबैलाई तत्काल क्रियाशील सदस्यता दिन पार्टीका सबै जिल्ला र निकायहरूमा तुरुन्त पठाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ । जिल्लामा पठाइएका क्रियाशील सदस्यताका फर्महरू केन्द्रीय परिपत्र अनुसार जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापति र माताहतका निकाय प्रमुखलाई क्रमशः दिनुपर्ने व्यवस्था भएपनि कतिपय जिल्लामा विधान विपरीत निकटस्थ व्यक्तिलाई सिधै दिई मनपरी  गरिरहेको पाइएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here