आज मिति २०७७ साल कात्तिक १ गते शनिबार, आजको राशिफल कस्तो छ त?

0
109

आज मिति २०७७ साल कात्तिक १ गते शनिबार । आज तपाईको राशिफल यस प्रकारको रहेको छ। तपाइकाे दिन शुभ रहाेस् शुभकामना छ  ।

 

मेष राशी (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने देखिन्छ । व्यापार व्यावसायबाट एकदमै राम्रो आम्दानी हुने योग छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अधुरो काम पूरा होला । वैदेशिक कार्य अघि बढ्ने देखिन्छ । पारिवारिक कलहको सम्भावना छ,आज शान्त रहनु उचित हुनेछ

advertise with hungama khabar

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु निकै नै खुसी हुनेछन् ।  सबैको सहयोग पाईने हुनाले काम गर्न जोस-जागर एकदमै बढ्ने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – केही कुरा बोल्नु अगाडि विचार गर्नुपर्ने छ नत्र बोलीले तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग देखिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउने देखिन्छ । सानो प्रयासले राम्रो काम गरि एकदमै फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुने योग छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – महत्वपूर्ण अवसर गुम्न सक्ने दिन रहेको छ । राजनैतिक कार्यमा बाधा आउला । नजिकको व्यक्तिबाट धोका पाइएला आज निकै सचेत रहनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने दिन रहेको छ । मेहनेत गर्दा आटेको काम बन्नेछ । राजनीतिमा पद प्राप्तीको योग रहेको देखिन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – धार्मिक यात्राको योग रहेको छ । मनमा शान्ति मिल्ने योग छ । आजको दिन तपाइको दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिलने देखिन्छ । स्वास्थ्यमा गगबढी होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –  बाहिर खानु अघि निकै विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्ने छ । अचल सम्पत्ति हात पर्ने योग छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना रहेको छ । काम गर्ने जोश, जाँगर र आत्मबल निकै नै बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउने देखिन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – केही कुरा बोल्नु अगाडि राम्रोसंग विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा नै रहनुहोला । मनमा चिन्ता बढ्ने छ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –  अनाबश्यक बिषयमा बिवादमा फस्ने योग रहेको छ त्यसैले निकै ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आई दैनिकी कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्ने योग छ  । 

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here