आज २६ आश्विन २०७७ सोमवार को राशिफल। गणेश भगवान् ले सबैको कल्याण गर्नुहोस् ॐॐ❣️❣️ॐॐ

0
191

आज मिति २०७७ साल आश्विन २६ गते सोमवार । आज तपाईको राशिफल यस प्रकारको रहेको छ। तपाइकाे दिन शुभ रहाेस् शुभकामना छ  ।

मेष  (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :  काम तथा अध्ययनको कामले गर्दा आफन्तबाट छुट्टिएर टाढा यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट निकै नै नाँफा कमाउन सकिने योग छ । माया प्रेममा आजको दिन टाडै रहनुनै उचित हुनेछ, नजिकिदा मनमुटाव हुने योग छ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट एकदमै राम्रो आम्दानी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : आज रोकिएका अधुरा कामहरू सम्पन्न हुनेछन् । बोलीको प्रभाव निकै नै बढ्नेछ । बिनाप्रतिस्पर्धा नै फाइदा हुने योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुने योग छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले धेरै लाभ लिन सक्ने दिन रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै पुरा हुनाले थप काम गर्न जोस जागर बढ्ने छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुने योग छ। अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिने योग छ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुने योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभपनि रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज सामान हराउने योग देखिएको छ । पारिवारिक उल्झनमा परि आँटे सोचेको काम बिग्रनेछ ।  प्रेममा मनमुटावपनि हुन सक्ने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुने योग छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिने योग छ । व्यापार व्यावसायमा लगानि गरि राम्रो आम्दानिका स्रोतहरु बढाउँन सकिने देखिन्छ। साथीभाई तथा आफन्तहरुबाट सोचे जस्तो सहयोग मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):सोचेको र आँटेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउने देखिन्छ ।धार्मिक कार्यमा निकै नै रुचि बढ्ने देखिन्छ । नजिकको मित्रसँग भेटघाट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):आज नयाँ व्यक्तिसंग भेट हुने र अरुलाई प्रभावित पार्न सकिने दिन छ । सामाजिक क्षेत्रमा निकै सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता हुने दिन रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : आज शरीर भारि र मनमा अशान्ति छाउने दिन  रहेको छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै कठिन पर्ला । घरायसी विवाद निकै बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी ) : पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिने योग रहेको छ । सबैजना सहभागि भई व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउन सकिने योग छ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्तहरु निकै  खुसि रहनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आज प्रतीक्षा गरिएको कामहरु पूरा हुने दिन रहेको छ । दैनिक कार्यमा प्रगति हुने योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । जोश जाँगर र उमङ्ग निकै नै बढ्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने योग छ । नयाँ कामको सुरुवात होला ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here