पत्रकार रवि लामिछाने दम्पत्तिमा कोरोना संक्रमण – हंगामा खबर

0
78

पत्रकार रवि लामिछाने दम्पत्तिमा कोरोना संक्रमण

काठमाडौँ । पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता पाैडेलमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षणका लागि स्वाब दिएका रवि र निकिताको रिपोर्ट पोजेटिभ आएको हो । ​दुवैजनामा कोरोना संक्रमण पुष्टि भएपछि आफूहरु होम आइसोलेसनमा बसेको लामिछानेले जानकारी दिएका छन् ।

उनले स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् । उनले पेशागत क्रियाकलाप र आफ्नै लापरबाहीले गर्दा संक्रमण भएको हुन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । घरमा दुईजना मात्र बसेकाले अरुलाई संक्रमण हुने खतरा नभएको भन्दै उनले घरमा वृद्धवृद्धा हुनेलाई विशेष सतर्कता अपनाउन आग्रह समेत गरेका छन् । 

मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर टेस्ट गर्दा म र श्रीमती दुबैमा कोरोना पोजेटिभ देखिएको छ’, लामिछानेले ट्वीटरमा लेखेका छन्की, ‘हामी दुबैको स्वास्थ सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ ।  

घरमा हामी दुई मात्र छौँ, धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले लापरबाही गर्दै नगरौं।’ 

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here