कांग्रेस सांसदले गरे प्रदेश सभा ५ मा कुर्सी टेबल तोडफोड (भिडियो सहित )

0
119

हंगामा खबर बुटवल । असोज १६ गते प्रदेश ५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रदेश राखिने प्रस्ताव आएपछि यो प्रस्तावको विरोधको आवाजहरु आउन  थाले । प्रदेशसभाले १९ गते हिजो १२ बजेको लागि बैठक बोलाईएको थियो । ढिलो सुरु भएको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरुले बिरोध उठेर जनाएका थिए, बैठक चलेको ७ मिनेटमै बैठक स्थगित भयो ।

दिउसो २ बजे पुनः बैठक बोलाईयो, मुख्यमन्त्रीले सहमतिको प्रयासका लागि अधिकतम पहल गरेका थिए । लगभग १ घन्टा ढिला गरि सुरु भएको बैठकमा पनि उस्तै बिरोधहरु अईरहे । सभामुखले विरोधका बिच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेश सभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका थिए । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बिच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानी सम्बन्धी प्रस्ताव बारे छलफल गराईयोस् भन्ने पेश गरेका थिए । उनी रोस्टम तर्फ जाने क्रममा बिरोधमा सहभागि अरु सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । सभामुख पूर्णबहादुर घर्ती मगरले तोडफोडकै बिच बैठक अघि बढाएका थिए ।

नेपाल सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको थियो र सोहि प्रस्ताव ल्याएको भन्दै कांग्रेसले यसको विरोध गरेको छ । विरोधबिच प्रारम्भ भएको छलफलमा सुरुमै बोल्ने बुटवलबाटै निर्वाचित नेकपा नेता भोजप्रसाद श्रेष्ठले जनताको मर्म र भावना विपरीत प्रस्ताव ल्याएको भन्दै आक्रोश व्यक्त गरेका थिए, बोल्ने समय पूरा नपाएका उनले बाहिर बिरोधको आन्दोलन भैरहने भित्र सुरक्षाकर्मीको घेरामा तानाशाही प्रवृत्तिमा राजधानी सार्न नपाईनेमा उनले आफ्नो अडान राखेका थिए ।

यस्तै बैठकमा बोल्दै कपिलवस्तुबाट निर्वाचित सांसद बिष्णु पन्थीले कपिलवस्तुलाई राजधानी बनाउन माग गरेका थिए । उनले दाङ्ग र रुपन्देही जिल्लाको मध्यभागमा, सार्दा दुबैको सहमतिको आउने बताएका छन् । बैठकमा आफ्नो विचार राख्न नपाएको भन्दै कांग्रेसका सांसदहरुले नाराबाजी समेत गरेका थिए । नाराबाजी र अबरोध आएपछि केही समयका लागि बैठक स्थगित गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here