नेपालको इतिहासमै सबैभन्दा कमजोर बने पुष्पकमल दाहाल (प्रचण्ड) – हंगामा खबर

0
383

हंगामा खबर । काठमाडौं । १० वर्षे जनयु’द्ध मात्रै होइन त्यसअघिको भूमिगत राजनीतिमा पनि आफ्नो दबदबा कायम गर्दै आएका पुष्पकमल दाहाल (प्रचण्ड) अहिले इतिहासकै सबैभन्दा कमजोर भएको देखिएका छन् । संसदीय राजनीतिमा आएपछि पनि उनकै हातमा सत्ताको तालाचाबी बसेकै थियो ।

राजनीतिका बादसाह गिरिजाप्रसाद कोइरालालाई समेत घुमाएका प्रचण्ड अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा पर्दा इतिहासकै कमजोर अवस्थामा आइपुगेका छन् । कार्यकारी अध्यक्ष भनेर घोषणा गरिएका नेकपा अध्यक्ष प्रचण्ड पछिल्लो समयमा आएर एक निरिह केन्द्रीय सदस्य जत्तिको पनि हैसियत नभएको अनुभूति हुन थालेको छ । पटक पटक बालुवाटर बोलाएर भेटघाटको नाटक मञ्चन गरे पनि ठूला निर्णय र आगामी कार्यदिशाका बारेमा कुनै छलफल हुनसकेको छैन ।

advertise with hungama khabar

यतिसम्म की मन्त्रिमण्डल पुनर्गगठन हुँदा होस् वा राजदूत, सचिवहरु नियुक्ति तथा सरुवा बढुवा अध्यक्ष प्रचण्डले पनि निर्णय सुन्दा मात्रै पत्तो पाउँछन् । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा आफ्ना मान्छेलाई च्याप्ने काम गरिरहेका छन् तर कार्यकारी अध्यक्षको हैसियतमा रहेका प्रचण्डले त्यसमा मिडियाका अगाडि असहमति जनाउनु भन्दा अरु केहि गर्न नसक्ने अवस्था छ । बालुवाटार बोलाएर उखान टुक्का सुनाएर प्रचण्डलाई फुस्सा बनाएको पनि साढे दुई वर्ष नाघिसकेको छ । कति देखियो त कार्यकारी अध्यक्षको हैसियत ? नत सरकारमा उनको केही लाग्छ, नत पार्टीमै उनको केही चल्छ ।

यस्तै स्थिति भइरहने हो भने प्रचण्ड अबको महाधिवेशनमा अध्यक्षको दाबेदार होइन केन्द्रीय सदस्यको दाबेदारी गर्ने हैसियतमा समेत नपुग्ने अवस्था देखिदै गएको छ । तत्कालिन माओवादीमा हुँदा आफ्ना समकक्षी र विरोधीलाई आफ्ना कुरा राख्न नदिने, अरुको कुरा नसुन्ने बाबुराम भट्टराइ, मोहन वैद्य किरण जस्ता नेतालाई बाइपास गर्दै अघि बढेकै शैलीमा अहिले प्रचण्ड ओलीको छायाँमा परेका छन् । पछिल्लो २०७७ असोज २८ गते मन्त्रिपरिषद्को पुनर्गठनलाई हेर्न सकिन्छ ।

यस पटकको मन्त्रिपरिषद् विस्तारमा न त अध्यक्ष प्रचण्डलाई छलफल गरियो नत ओलीकै हैसियतका माधवकुमार नेपाल र झलनाथ खनालहरुले पत्तो पाए । पार्टीलाई संगठिन बनाएर लाने भन्दा पनि कसरी आफ्ना प्रतिस्पर्धी र आलोचकलाई समाप्त पार्दै अघि बढ्न सकिन्छ भन्ने मनसायले अगाडि बढिरहेका प्रधानमन्त्री ओलीसमक्ष पार्टीका वरिष्ठ नेताहरु नै गुनासो सुनाउने, पछाडि कुरा काट्ने भन्दा अरु केही गर्न सकेका छैनन् ।

अघिल्लो पटकको संसदीय चुनावमा सिराहाबाट प्रचण्डसँग लडेका तत्कालिन एमालेका उम्मेदवार लीला श्रेष्ठलाई पार्टीको तर्फबाट केही आश्वासन केपी ओलीले दिएर १३/१४ दिन मतगणना स्थगित गरेर केही मौखिक सम्झौता गरेर प्रचण्डलाई जिताइएको अब लुक्ने अवस्थामा रहेको छैन ।

काठमाडौंबाट हारिसकेका प्रचण्डलाई जसरी पनि संसद छिराउने योजनामा केपी ओलीले लीला श्रेष्ठलाई तपाईं हार स्वीकार्नुहोस् प्रचण्डलाई छाडिदिनुस् म यसको क्षतिपूर्ति गरौंला भनेर बचन दिएकै थिए । त्यसैको बदला अहिले प्रचण्डलाई कमजोर देखाउन र सवक सिकाउन पनि ओलीले लीलालाई अगाडि सारेको चर्चा राजनीतिक वृत्तमा हुन थालिरहेको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here