बाबुराम-विप्लव र म एक भयौ भने कायापलट हुन्छ, देशले ठूलो फड्को मार्छ: प्रचण्ड

0
8907

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द (विप्लव)लाई एकताको लागि फर्किन आग्रह गरेका छन् । तत्कालीन माओवादी छाडेर हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका थिए ।

कम्युनिष्टहरू एकै पार्टीमा बसेर बहस गर्नुपर्छ । छलफल संघर्ष रुपान्तर र नयाँपन पार्टीमा चलिरहन्छ, उनले भने ।  चीनका नेताले भन्थे, तिमी बुर्जुवाहरु टुक्रा टुक्रा हुँदा पनि हामी कम्युनिष्ट जहिले पनि एकै छौँ । नेपालमा कम्युनिष्ट आन्दोलन विभाजन भएर हामीले धेरै दुःख पाएका हौँ ।

अध्यक्ष दाहालले कम्युनिष्टहरू विभाजित भएकैले समस्या भएको बताएका थिए । हामी विभाजित भएकै कारण समस्या भयो । उनले भने, कम्युनिष्ट फुटेकै कारणले कांग्रेसले सरकार चलाउने मौका पायो । सजिलै दुई-तिहाइ आइहाल्छ भनेर सोच्नु मनोगत थियो, एकतामा धेरै ठूलो तागत हुने रहेछ । कम्युनिष्ट एकताको तागत हामीले विश्‍वलाई देखाइ सकेका छौं ।

अध्यक्ष दाहालले एकता पछि अन्य समूह पनि नेकपामा आइरहेको बताएका छन् । उनले फुटेर गएका नेताहरुलाई पनि पूर्ण फर्किन आह्वान गरेका छन् । अरु जनमत पनि हामीसँग जोडिन आएको छ, उनले भने । अब किरणजी, बाबुरामजी र विप्लवजी पनि पूर्ण फर्किएर एकता गर्नुपर्छ । यो नै जनतको हितमा हुन्छ। विवादहरु हामीसँगै बसेर मिलाउँन अबश्य सक्छौ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here