अभिनेत्री आँचल शर्मा पछि रियाशा दाहाल र पल शाहको जोडि जम्दै

0
667

हंगामा खबर काठमाडौं । नेपाली म्यूजिक भिडियोको दुनियाँमा नायक पल शाह बादशाह नै हुन भन्दा फरक पर्दैन । पछिल्लो समय मात्र पलले दर्जनौ म्युजिक भिडियोका अभिनय गरिसकेका छन् । लकडाउन खुकुलो भएपछि पलले खेलेका केही भिडियो मात्र चले र उनी अभिनित धरै भिडियोले सोचे जस्तो सफलता पाउन सकेन । लकडाउन खुकुलो भएसँगै पलले मोडल रियाशा दाहालसँग ‘ए है माया’ बोलको गीतमा अभिनय गरेका छन् । यस म्युजिक भिडियो निकै हिट भयो ।

हालसम्म यो भिडियोलाई १ करोड ८० लाख भन्दा बढी पटक हेरिएको छ । योसंगै, रियाशा र पलको जोडीलाई लिएर भिडियो बनाउनको लागि केही मेकरहरु कस्सिएर लागि परेका छन् । पल शाह र रियाशा दाहालले ‘लाइदिम कि मोहनी’ बोलको गीतमा समेत जोडीको रुपमा काम गरिसकेका छन् । सार्वजनिक भएको करिब डेढ महिनामा भिडियोलाई १९ लाख बढी पटक हेरिएको थियो । त्यस्तै पल र रियाशाको जोडीको रुपमा अर्को भिडियो ‘जाले रुमाल’मा पनि देखिएका छन् ।

सार्वजनिक भएको एक सातामा यो म्युजिक भिडीयोलाई १२ लाख पटक हेरिएको थियो । यी दुबै गीतले बजारमा निकै नै चर्चा पाउन सफल भएको थियो । पल र रियाशाको जोडीलाई नै लिएर गायक हेमन्त शर्माले ‘तिमी बाहेक’ बोलको गीत बनाए । नितिन चन्दले यो भिडियोको निर्देशन गरेका हुन् । सार्वजनिक भएको ३ दिनमा यो म्युजिक भिडीयोलाई २ लाख बढी पटक हेरिएको थियो ।

paul shah
paul shah

पल र रियाशाले लकडाउन खुलेपछि ४ वटा भिडियोमा जोडी भएर काम गरिसकेका छन् । जसमा, ‘ए है माया’मा जस्तो यी दुइको जोडी अरु गीतमा भने खासै जम्न सकेन । पछिल्लो समय लगतार बजारमा नयाँ गीत सार्वजनिक हुनुको कारणले गर्दा नि असर परेको हुन सक्छ ।

कुनै समय नायिका आँचल शर्मासँग निकै जमेको थियो पल शाहको जोडी तर आँचलको बिवाहपछि दुबै जना जोडी भएर अभिनय गरेका छैनन् । पछिल्लो समय सामाजिक संजालमा भने रियाशासँग पलको जोडी जमेको चर्चा हुन थालेको छ । आँचलसँगको जोडी निकै मन पराएका दर्शकले रियाशासँगको जोडी भने कत्तीको मन पराउँछन् त्यो हेर्न भने हेर्न बाकीं नै छ ।

paul shah

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here