कोरोना कहरमा पनि पललाई भ्याई नभ्याई, ‘डाँफे चरी’ भन्दै रियासा र उषासँग गरे रोमान्स

0
511

paul shah, usha upreti and riyasha

काठमाडौं । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक भईसकेको  छ । उक्त गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरुले अभिनय गरेका छन् ।

शुक्रबार साँझ सार्वजनिक गरिएको गीतमा बसन्तसँगै शान्ति श्री परियारको स्वर पनि सुन्न पाइने छ । रबिन ज्ञवालीको शब्द रहेको उक्त गीतमा गायक बसन्तले नै संगीत दिएका छन् ।

उक्त गीतको भिडियोमा नायक पल शाहसँगै मोडल रियासा दाहाल, उषा उप्रेती र विश्वास नेपालको अभिनय पनि रहेको छ । अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको बताइएको छ । आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको उक्त भिडियो अर्जुन तिवारीले खिचेका थिए । भिडियोमा सम्पादन दीपक बिष्टले गरेका छन् भने कलर प्रबिन भट्टले गरेका हुन् ।

झण्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शकहरुले मन पराउनेमा पूर्ण आशावादी छन् । गायक बसन्तका यस अघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाँउ’, ‘जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई’, ‘हाम्रो प्यारो अर्घाखाँची’ लगायतका दर्जनौं गीत चर्चित भएका छन् ।

 

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here