ओली, देउवा र दाहालले ९ अर्ब भ्रष्टचार गरेका प्रमाण दिन तयार छु – डा. बाबुराम भट्टराई

0
790

हंगामा खबर गोरखा । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेर बहादुर देउवा र पुष्पकमल दाहालले बूढीगण्डकी जलविधुत आयोजनाबाट ९ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेका आरोप लगाएका छन् । हिजो बिहिबार पालुङ्टार नगरपालिका वडा नम्बर ६ पौवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले तीन बर्तमान तथा पूर्वप्रधानमन्त्रीले अर्बौ रुपैयाको भ्रष्टचार गरेका आरोप लगाएका छन् ।

उहाँले तीन प्रधानमन्त्रीले गरेका अर्बौं रुपैयाको भ्रष्टचारको प्रमाणहरु आफुसंग भएको र ति सबै प्रमाणहरु पेश गर्न समेत आफू तयार रहेको बताएका छन् । भट्टराईले आफू प्रधानमन्त्री हुदा शुरु गरेको बूढीगण्डकी जलविधुत आयोजनाबाट प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब रुपैयाँ भन्दा बढी  कमिशन खाएर अलपत्र पारिरहेका बताउनु भएको थियो । उक्त कुरालाई आफूले तुरुन्तै प्रमाणित गर्न समेत सक्ने  बताउनुभएको थियो ।

केही आयोजनाबाट अर्बौंको कमिशन खाएर मुख बन्द गरेर बसेको बताउँदै चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको मिलेमतोमा मुलुक चलाएका कारण अहिले देशको यस्तो दुर्दशा भएको भट्टराईले आरोप लगाएका छन्  । यसका साथै, भट्टराईले केपी ओलीसँगको संगतले पुष्पकमल दाहाल धुरुधुरु रोएर बस्नु परेको पनि आरोप लगाएका छन्।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here