मेयरले उद्घाटन गरेको वडा कार्यालयमा उपमेयरले ढुंगा हानेपछि…(भिडियोसहित)

0
123

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाबीचको विवाद छताछुल्ल भएको छ । आज शनिबारको दिन घोडाघोडी नगरपालिकाको वडा नम्बर ७ को भवन उद्घाटन गर्ने क्रममा मेयर चौधरी र उपमेयर थापाबीचको विवाद छताछुल्ल भएको हो ।

मेयर चौधरी र उपमेयर थापाबीचको विवाद सामाजिक सञ्जालमा निकै नै भाइरल भईरहेको छ, जहाँ मेयर चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरिरहेका छन् भने उपमयेर थापालेचाहिँ शिलालेखमा ढुंगा प्रहार गरिरहेकी देखिनु भएको छ भिडियोमा ।

advertise with hungama khabar

उक्त शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएकोमा आपति जनाउदै उपमेयर थापाले शिलालेखमा ढुंगा प्रहार गरेकी छिन् । उनले सो शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश गरेपछि मात्रै उक्त वडा कार्यालयको उद्घाटन गर्न दिने अडान  समेत राखेकी छिन् ।

यसका साथै उनले मेयर चौधरीविरुद्ध नाराबाजी समेत गरेकी छिन् । उनले ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’, ‘घोडाघोडी मेयर मुर्दाबाद’ लगायतका नाराबाजी गरेकी थिइन् । उक्त भवनको शिलालेखमा उपमेयर थापाको पनि नाम राख्ने सहमति भएको बताइएको छ ।

 


Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here