काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९ सय ९६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ९९ हजार ६ सय ५ पुगिसकेको छ ।
निको हुनेको यो प्रतिशतमा कुल ६८ दशमलव ७ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४४ हजार ४ सय ७६ रहेको छ ।
त्यस्तै क्वारेन्टाइनमा बसेको संख्या ४ हजार ६५ रहेको छ । यस्तै होम आइसोलेसनमा बसेको संख्या २९ हजार ८ सय रहेको छ भने संस्थागत आइसोलेसनमा १४ हजार ६ सय ७६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १३ लाख ३४ हजार ५ सय ९७ जनाको पीसीआर परीक्षण भएको छ ।