राजधानी सारेमा रुपन्देहीका साढे २२ सय सदस्यले नेकपाबाट राजीनामा दिने घोषणा – हंगामा खबर

0
158

बुटवल । प्रदेश ५ को राजधानीको विषयले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा निकै नै विवाद बढिरहेको छ । बुटवलमा भइरहेको विरोध प्रदर्शन र आन्दोलनकै क्रममा नेकपा रुपन्देहीका सक्रिय सदस्य तथा विभिन्न विभागमा जिम्मेवारीमा रहेका ३५ संघ संस्थाका २२ सय ४९ जना सदस्यले पत्रकार सम्मेलन गरेर सामुहिक राजीनाको घोषणा गरिसकेका छन् ।

राजीनामा गर्ने धेरै जसो सदस्यहरु उद्योगी तथा व्यापारीहरु रहेको पाइएको छ । उनीहरुले नेकपाको पार्टी सदस्यता समेत त्याग्ने घोषणा गरेका छन् । प्रदेश सभामा पेश भएको राजधानी र नामाकरण सम्बन्धि प्रस्ताव पास हुने तयारीमा रहेको समयमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले नेकपाको सदस्यता त्याग्ने घोषणा समेत गरेका छन् ।

नेकपा जिल्ला कमिटि सदस्य तथा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले नेकपा नेतृत्वको सरकारले जनभावना विपरीत राजधानी सार्न खोजेको भन्दै रुपन्देहीका २ हजार २ सय ४९ जना नेकपा सदस्यले राजीनामा दिने घोषणा गरेका छन् ।

त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले रुपन्देहीका आम-जनता र पार्टी सदस्यहरुको भावनाको विपरीत गएर सरकारले प्रस्ताव ल्याएकाले पार्टीमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् । यस अघि प्रदेशको प्रदेश सभामा नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट हिजो राजीनामा दिईसकेका छन् ।

उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएका थिए । श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप समेत लगाएका छन् । श्रेष्ठकै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ प्रदेशसभा सदस्यहरुले नोट अफ डिसेन्ट समेत लेखेका थिए । 

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here