‘मुन्द्रेको कमेडी क्लब’ बाट दिपाश्रीलाई हटाईयो, करिश्माको प्रवेश

0
170

काठमाडौं । नेपालको चर्चित कमेडी टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाईएको छ । उनको ठाउँमा चर्चित नायिका करिश्मा मानन्धरलाई प्रवेश गराइएको छ । अब प्रसारण हुने एपिसोडमा दिपाश्री नभएर उनको ठाउँमा दर्शकले करिश्मालाई देख्न पाउने छन् ।

केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् । मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतले दाबी गरेको छ ।

दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा दर्शकले नायिका करिश्मालाई देख्न पाउने भएका छन् । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । कोरोना कहरका कारण उक्त सो लामो समयका लागि स्थगित गरिएको थियो ।

अब प्रसारण हुने मुन्द्रेको कमेडी क्लबका एपिसोडहरुमा चर्चित पत्रकार ऋषि धमला र नायिका समेत रहेकी पत्नी एलिजा गौतमलाई अतिथिको रुपमा देख्न पाईने भएको छ । कार्यक्रमको छायाँकन भए पश्चात् नायिका गौतमले एक तस्विर समेत सार्वजनिक गर्दै छिट्टै आउँदै छौ बताएकी छिन् ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here