काठमाडौँ । नेपाली लोकदोहोरी इतिहासमै सर्वाधिक रुचाईएको गीत सालको पातका सर्जक नवराज पन्तले सृजना गरेको अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘मन्जरी’ बजारमा आएको छोटो समयमा नै १० लाख भन्दा बढी दर्शकहरुले मन पराइसक्नु भएको छ ।
प्रकाश क्षेत्रीको प्रस्तुतिको रुपमा बजारमा आएको उक्त लोक दोहोरी गीतमा नेपाली चलचित्रका महानायक राजेश हमालले अभिनय गरेका छन भने उनिसंगै प्रकाश सपुत र वर्षा सिवाकोटीको पनि अभिनय दर्शकहरुले देख्न पाउने भएका छन् ।
चर्चित गायिका देवी घर्ती मगर र प्रकाश पराजुलीले आवाज दिएको उक्त लोकदोहोरीमा संगीत पनि प्रकाश पराजुलिले नै दिएका छन् । नेपाली लोकदोहोरी क्षेत्रको विस्तार र निरन्तरताको लागि उक्त गीत बजारमा आएको बताइएको छ । सर्वाधिक महँगो लगानीमा निर्माण भएको उक्त लोकदोहोरीमा निर्देशन भने देवेन्द्र बब्लुले गरेका छन् र कोरियोग्राफ भने मौसम हिमालीले गरेका छन् ।
भिडियो छोटो समयमै सबैले एकदमै धेरै मन पराएका छन भने गीतको चर्चा यतिबेला सामाजिक संजालमा चौतर्फी भईरहेको छ । हाम्रो Hungama Khabar (हंगामा खबर)बाट गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई छ । भिडियो पुरा हेरेर मज्जा लिऊ : ⬇⬇⬇