सन्तान नहुनेलाई सन्तान दिने र जोडी मिलाइदिने दुप्चेश्वर महादेवको दर्शन गरि सेयर गर्दिनुहोला!

0
256

हंगामा खबर काठमाडौं दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउतबेसी गाविसमा रहेको धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस ठाउमामा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धा’न्यपूर्णिमाको अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्दै आइरहेको छ । यहाँ मुख्य गरि सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवीक शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिदै आइरहेको छ । धा’न्यपूर्णिमादेखि एक हप्ता लाग्ने मेला परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

 

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पूजा आराधना गर्दै आइरहेका छन् । प्राय: निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा निकै नै भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले जानकारी दिएको छ । दुप्चेश्वर महादेवको दर्शन गर्नाले मनले चिताएको पुग्ने, सन्तान प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बच्चाले बोल्ने विश्वासमा यहाँ टाढाटाढाबाट भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पुनः महादेवको दर्शनका लागि आउने गर्दछन् ।

छोरा-छोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुबाट अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित रहेको छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गर्दै आइरहेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति पौराणिक कथाअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो स्थानमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दैआइरहेको छ । अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको बिश्वास गरिन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेलामा सहभागी हुन राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् । धार्मिक पर्यटनको गन्तव्यको रुपमा निकै नै सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पनि पाइन्छ । दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरुको संख्या दिन-दिनै बढ्दै गएको स्थानियवासीको दाबी छ ।

दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रविन्दु समेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्नेमा स्थानियवासीहरुको जोड छ । सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचार-प्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै कम न्यून भन्दा हुन्छ दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले बताएको छ । 

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here