अब सार्वजनिक बसमा सिटभरि यात्रु बोक्न पाइने, भाडा पुरानै – हंगामा खबर

0
163

हंगामा खबर काठमाडौं सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यो भन्दा अघि गरिएको निर्णयलाई उल्ट्याँदै यो निर्णय गरेको हो । यस अघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट यात्रुहरु मात्र राख्न पाउने निर्णय गरेको थियो ।

आन्तरिक हवाई उडानमा पनि सोही निर्णय गरेकोमा विमान कम्पनीहरुले यो निर्णय मानेका भने थिएनन् । विमानमा पुरा सिटमा यात्रु ओसार-पोसार भइरहेको छ । अब सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढी असुल्न भने नपाइने बताइएको छ ।  लकडाउन अघि कायम भएको पुरानो भाडा दरमै यात्रु बोक्नु पर्ने छ।

सार्वजनिक यातयातमा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने सरकारको निर्णयको यातायात व्यवसायीहरुले निकै नै विरोध गर्दै आईरहेका थिए । सरकारले आन्तरिक हवाई उडानमा समेत सुरुवातमा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने निर्णय गरेपनि वायु सेवा संचालकहरुले उडान नै सुरु नगरेपछि २ दिनमै निर्णय फेरेर सिट क्षमता अनुसार यात्रु राखेर उडान गर्न पाइने निर्णय गरिएको थियो ।

नेपालीहरुको बडा चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन भने सकेका छैनन् । यात्रु नहुँदा अहिलेसम्म दशैँको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन ।  

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here