काठमाडौं । नेपाल विधुत प्राधिकरणका निवर्तनमान कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर बिदा भएसँगै प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेका गुनो दिन प्रति दिन बढिरहेको छ । अध्याधिक रुपमा जनगुनासो बढेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालयले विनाजानकारी विधुत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गरेको थियो तर पछिल्लो समय विधुत कटौतीको क्रम भने रोकिएको छैन झन दिन प्रति दिन बढिरहेको छ ।
उर्जा मन्त्रालयको सचिवालयले विनासूचना बत्ती कटौती भएमा मन्त्रालयमा सिधा सम्पर्कको लागि आह्वान गरे लगतै प्राधिकरणले सूचना दिएरै विधुत कटौती गर्न सुरु गरेको छ । विभिन्न स्थानमा मर्मत-सम्भार तथा पोल सार्नु परेको कारण लगायतका आरु कारणले विधुत कटौती गर्नु परेको प्राधिकरणले बताएको छ । नेपाल विधुत प्रधिकरणको अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विधुत कटौती भइसकेको छ र केहि ठाउँमा विधुत कटौती हुन बाकीं छ ।
प्राधिकरणका अनुसार आज चितवन, नवलपुर, धनकुटा,पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विधुत हुने छैन । ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्र अन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने जानकारी गराइएको छ ।

