प्रधानमन्त्री ओलीका दुई सल्लाहकार विष्णु रिमाल र सूर्य थापालाई काेराेना संक्रमण पुष्टि

0
157

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ पुष्टी भएको छ । रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत ट्वीट गरेर कोरोना पुष्टि भएको जानकारी गराएका छन् । उनले ट्विटरमा बताएका छन्– ‘हिजोको पीसीआर परीक्षणबाट मलाई पनि कोरोना पोजेटिभ पुष्टी भएको हो ।

यसबीचमा मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन र सुरक्षित हुन अनुरोध छ । थापाले फेसबुकमा भनेका छन्, हिजोको पीसीआर परीक्षणबाट मलाई पनि कोरोना पोजेटिभ पुष्टी भएको हो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’

शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा आफैले जानकारी दिएका छन् । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here