७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा बाटो हिँड्नेले देखेपछि भयो उद्धार

0
1041

हंगामा खबर काठमाडौं । बुधवार सात वर्षीय एक बालिकालाई जवर्जस्ती करणी गर्न लागेको समयमा बाटोमा हिँड्ने केहि मानिसहरुले देखेर ति बालिकाको उद्धार गरेका छन् । बुधवार दिउँसो ३:१५ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकैबाट बालिकाको उद्धार गरिएको छ । त्यस्तै जबर्जस्ती करणी गर्न खोज्ने अपराधीलाई समेत प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

दाङ घोराही नगरपालिका ४ घर भई हाल कोटेश्वरको महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गे विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाटोमा हिँड्ने पैदल यात्रुले जानकारी दिएपछि हामी घटनास्थल पुगेर एक पुरुषलाई नियन्त्रणमा लिएका छौं । थप अनुसन्धान भइरहेको छ, महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले बताएका छन् ।

एक युवकले दिउँसो अफिसको कामले सोही स्थानबाट आउँदै गर्दा देखेपछि ति युवकलाई नियन्त्रणमा लिई, यसबारे प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी नियन्त्रणमा रहेका जवर्जस्ती करणी गर्न खोज्ने विकले मदिरा समेत खाएको देखिएको छ।

बालिकालाई ललाइ-फकाइ गरेर जवर्जस्ती करणी गर्न खोजेको देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको छ,’ एसपी राठौरले बताएका छन् । बालिकालाई मेडिकल गर्न पठाइएको छ । सामाजिक सन्जालमाजवर्जस्ती करणी गर्न खोज्ने दुर्गे विकलाई नियन्त्रणमा लिइएको भिडियो निकै भाइरल भएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here