निशान्त सुवेदी
स्याङ्जा–
स्याङ्जा जिल्लामा दिवसहरुको बेला बिभिन्न कार्यक्रमहरु गरिरहने जिल्ला हो । त्यसैगरी स्याङ्जाको गल्याङमा आज जेष्ठ नागरिक दिवसको अवसरमा ८५ वर्ष उमेर कटेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रममा गरिएको छ । ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश २०७७ का अवसरमा गल्याङ नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले जेष्ठ नागरिकलाई सम्मान गरेर दिव मनाउने भन्दा पनि जेष्ठ नागरिकको सल्लाह, सुझावलाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
समाजमा पछिल्लो समय जेष्ठ नागरिकलाई आश्रम सम्म पुर्याउने परिपाटी बसेको बताउदै त्यसको अन्त्य गर्न स्थानीय सरकारले छुट्टै कदम चाल्ने अधिकारीले बताए । नगरपालिकाले वडा नम्बर ३ को कार्यालयमा ८५ वर्ष उमेर नाघेका १७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश २०७७ अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मानको कार्यक्रमको आयोजना गरेको बारेमा प्रष्ट पारे ।


समाजलाई राम्रो बनाउनका लागि जेष्ठ नागरिकहरुलाई सधैं सम्मान गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा वडा नम्बर तिनका अध्यक्ष महेश भट्टराईले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए । आफुले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफुमा लागू हुने भन्दै जेष्ठ नागरिकहरुलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने भट्टराईको भनाई थियो ।