लुम्बिनी प्रदेशमा कोरोनाको विरामीलाई निशुल्क उपचारको व्यवस्था यथावत छः मुख्यमन्त्री पोखरेल

0
159

बुटवल लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरसको लक्षण देखिएका बिरामीको लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको बताउनु भएको छ ।

नेपाल सरकारले कोरोनाको उपचार गरिव, विपन्न, अशक्त, एकललगायतका बाहेक अन्यले स्वंय आफुले नै उपचार खर्च व्यवहोर्नु पर्ने निर्णय गरेसँगै तिव्र रुपमा सरकारको आलोचना भइरहेको छ । सोही प्रशंगमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश अन्तरगतका कोरोना विशेष चारवटै अस्पतालहरुमा लक्षण देखीएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत नै रहेको बताउनु भएको छ ।

advertise with hungama khabar

उहाँले आफ्नो सामाजिक संजालमा लेख्नुभएको छ, ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहने छ ।’

यस्तै प्रदेश नं. १ सरकारले पनि कोरोनाका बिरामीको उपचार खर्च प्रदेश सरकारले नै गर्ने उल्लेख गरेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च प्रदेशले नै बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिनुभएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here