कोरोनासंग लडिरहेका हास्यकलाकार हरिवंश आचार्यले दशैको मुखैमा लेखे यस्तो मनछुने स्टाटस !

0
946

काठमाडौँ । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले कोरोना संक्रमण पुष्टी भइसके पछिको आफ्नो अनुभव सुनाएका छन् । उनले शुरुमा कोरोना लाग्नु अघि डराउन र लागि सकेपछि नडराउन सुझाव समेत दिएका छन् । यति गर्न सकेमा कोरोनाबाट मुक्त हुनको लागि मनोवल बढ्ने उनले बताएका छन् ।

युवाहरुको समूह गठित कम्पासले भिडको आगमन र बहिर्गमनको विषयमा शनिबार गरेको कार्यक्रममा कलाकार हरिवंशले कोरोनालाई सामान्य रुपमा नलिन सबैलाई आग्रह गर्नु भएको छ । यो वर्षको दसैंमा टीका थाप्न म कसैको घरमा पनि आउँदिन, तपाईंहरु पनि कोही पनि मेरो घरमा नआउनुहोला, उनले भने । कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोचौ र आ-आफ्नै घरमै बसेर दशैं मनाऔँ ।

advertise with hungama khabar

कोरोना संक्रमण भएका आचार्यले दशैं दशा हुनेतर्फ विशेष सतर्क रहन आग्रह समेत गरेका छन्  । उनले आफू बच्ने मात्रै होइन, अरुलाई पनि कोरोनाबाट बचाउनु समेत आफ्नो दायित्व सम्झन आग्रह गरेका छन् । यो वर्षको दशैं बाँच्ने उत्साहको रुपमा लिन उनले सबैलाई आग्रह गरेका छन् ।

‘हामी बाँचिराखे दशैं अर्काे वर्ष पनि आउँछ, भगवान हामीसँगै रहन्छन्’, उनले भने, ‘सार्वजनिक सवारी-साधन प्रयोग गरी दशैँमा यताउती नजानु होला, कोरोनासँग जोगिनु अहिलेको पहिलो प्राथमिकता हो । ’आफूलाई कोरोना लागेको शनिबार १३ दिन भएको उनले बताएका छन् । आज आइतबार टेष्ट गर्ने योजनामा छु । आजको टेस्टबाट म र श्रीमती दुवै कोरोनामुक्त हुने विश्वास छ’, उनले भनेका छन् ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here