पूर्वराजा शाहले भने, ‘नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध हुदैछ’

0
128

king gyanendra shah

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिकी जीवन अत्यन्त कष्टकर बन्दै गएको बताउनु भएको छ ।

हिजो बिहीबार बडादशैंको अवसरमा शुभकामना सन्देश दिदै पूर्वराजा शाहले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको उहाँले बताउनुभएको हो ।

उहाँले शुभकामना सन्देश मार्फत् भन्नुभएको छकी, ‘हर्षोल्लासका साथ विजया दशमी मनाउन सकिने अवस्था नरहे पनि हामी देशभित्र र देश बाहिर बसेका सम्पूर्ण नेपालीहरुमा सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।’

त्यस्तै, उहाँले जनतालाई बचाउन सके मात्र राज्य बच्ने राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला भईरहेको छ ।’

यसका साथै उहाँले आहार विहार, आचार विचार, विधि व्यवहार, शासन प्रशासन एवं पद्धति प्रणाली पनि प्रकृति र संस्कृति अनुरुप हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘अनि मात्रै हाम्रो स्वस्थ, शान्त, सुरक्षित र समृद्ध हुन सक्दछौं । आपसी समन्वय, सद्भाव र सहकार्यलाई छाडेर जब हामी व्यक्तिवाद, समूहबादतर्फ उन्मुख हुन्छौं, तब स्थिर, सुदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त हुन सक्दैन ।’

त्यस्तै उहाँले रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेका र देशभित्रै पनि श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको बताउनुभएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here