काठमाडौं । गंगा पन्तको अर्को सफलता, वीरगन्जबाट २३ किलो सुन बरामद । प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइकी छिन् ।
गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद भएको छ, उनले भनिन ‘हामी मुचुल्का उठाइरहेका छौं’ । पन्तका अनुसार सुन कसको हो भन्ने कुरा अहिले सम्म खुलिसकेको भने छैन ।
सुनसँग कोही पनि व्यक्ति पक्राउ परेका पनि छैनन् । बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ ।