काठमाडौंको नयाँबजारमा किरियापुत्री बसेको घरमा ग्याँस सिलिन्डर बिस्फोट, ११ घाइते, ४ को अवस्था गम्भीर

0
191

हंगामा खबर । काठमाडौं । काठमाडौंको नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिन्डर बिस्फोट भएको छ । आज विहीबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारको फलफूल चोकस्थित निलकुमारी क्षेत्रीको घरमा बिस्फोट भएको जानकारी प्राप्त भएको छ ।

advertise with hungama khabar

किरियापुत्री बसेको कोठामा ग्याँस बाल्ने क्रममा विस्फोट भएको जानकारी दिइएको छ । सोही कोठामा अर्को सिलिन्डर पनि राखिएको कारण विस्फोट हुँदा ठूलो क्षति भएको बताइएको छ ।

ग्यास बिस्फोट

सुरुमा भुँई तलाको भ¥याङको छेउमा ग्यास बाल्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको जानकारी दिइएको  छ । उक्त विस्फोटमा परी ११ जना घाइते भएका छन् भने त्यसमध्ये चार जना भने गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि मनमोहन अस्पताल लगिएको जानकारी दिइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । उक्त घरको भित्ता भत्किएको छ भने झ्यालका सिसाहरु पनि फुटेका छन् ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here