अनलाइन पेमेन्ट गेटवे कम्पनी इसेवाले आफ्ना ग्राहकलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको छ

0
139

काठमाडौं । नेपालको नंबर.१ अनलाइन पेमेन्ट गेटवे कम्पनी इसेवाले आफ्ना ग्राहकहरुलाई तुरुन्त पासवर्ड रिसेट गरेर नयाँ पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । इन्टरनेटको दुनियाँमा समान र अनुमानयोग्य पासवर्डका कारण दुरुपयोग हुनसक्ने खतरा बढ्दै गएको भन्दै इसेवाले पासवर्ड रिसेट गरि फेरी नयाँ पासवर्ड राख्न आग्रह गरेको हो । 

यतिबेला समाजिक सञ्जालमा इसेवा ह्याक भएर खाता विवरण लिक भएको हल्ला चलिरहेको छ तर यो कुरामा कुनै पनि सत्यतता नभएको इसेवा कम्पनीका प्रमुख कार्यकारी सुवास सापकोटाले जानकारी दिएका छन् । ह्याक भएको  हल्ला कतिपनि सत्य होइन । हाम्रो सिस्टमबाट कुनै पनि पासवर्ड ‘प्लेन टेक्स्ट’मा कपी गर्न सकिंदैन ।

सबै ‘इन्क्रिपटेड’ हुन्छ । त्यसैले ह्याक भएर विवरण चुहावट भएको हल्ला हल्ला मात्र हो’ सापकोटाले बताएका छन् । सामाजिक सञ्जालमा ह्याक भएको हल्ला भएपनि कम्पनीले त्यो हल्ला आउनुअघि नै ग्राहकहरुलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको उनले बताएका छन् । 

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here