काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगिसकेको छ भने कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या ६०० पुगिसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६ सय ८० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ भने ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा मै छन् ।