आयो खुशीको खबर ,थप ३२ सय १५ जनाले गरे स्वास्थ्य लाभ निको हुने संक्रमितको संख्याले एक लाख पार गर्‍यो

0
106

corona 

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार २ सय १५ जना निको भएर घर फर्किएका छन् । यससंगै संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरीबाट ३ हजार २ सय १५ जना निको भएका छन् भने डिस्चार्ज हुनेको संख्या कुल १ लाख २ हजार ८ सय २० पुगिसकेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४४ हजार ८ सय ७७ रहेका छन् । त्यसै गरि क्वारेन्टाइनमा बसेका संख्या ३ हजार ७ सय ५१ रहेको छ ।

त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ५ सय ३८ रहेका  छ भने संस्थागत आइसोलेसनमा १३ हजार ३ सय ३९ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here