संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिन ४ हजार ४७ जनामा संक्रमणको पुष्टि

0
136

काठमाडौं । नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालका बिभिन्न भाग गरेर ४ हजार ४७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको जनाइएको छ ।

प्रदेश १ को इलाममा ५ जना, उदयपुर, ओखलढुंगा, पाँचथर र खोटाङमा २/२ जना, झापामा ७१ जना, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा १/१ जना, मोरङमा २ सय २३ जना र सुनसरीमा २ सय ४९ जनामा संक्रमण देखिएको बताईएको छ ।

यस्तै प्रदेश २ को धनुषामा २५ जना, पर्सामा १७ जना, बारामा ११ जना, महोत्तरीमा ८ जना, रौतहटमा १३ जना, सप्तरीमा २१ जना, सर्लाहीमा ८ जना र सिरहामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बागमती  प्रदेशको काठमाडौंमा १ हजार ८ सय ८८ जना, काभ्रेमा ९० जना, धादिङमा १२ जना, चितवनमा ७७ जना, नुवाकोटमा ११ जना, मकवानपुरमा ७५ जना, दोलखामा ७ जना, रामेछापमा १४ जना, सिन्धुपाल्चोकमा २५ जना, भक्तपुरमा १ सय १८ जना, ललितपुरमा २ सय ७७ जना र सिन्धुलीमा १ जनामा संक्रमण थपिएको छ ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा ७६ जना, गोरखामा ३ जना, नवलपरासी पूर्वमा ६५ जना, स्याङजामा ११ जना, तनँहुमा ३७ जना, लमजुङमा २१ जना, मुस्ताङमा १ जना, म्याग्दीमा १ जना र वागलुङमा ८ जनामा संक्रमण देखिएको छ । यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८ जना, गुल्मीमा १० जना, दाङमा १३ जना, पाल्पामा १४ जना, प्यूठानमा २६ जना, बर्दियामा २६ जना, , कपिलवस्तुमा ८ जना, नवलपरासीमा २४ जना, रुपन्देहीमा १ सय २५ जना, बाँकेमा ४५ जना र रोल्पामा २ जनामा संक्रमण देखिएको छ ।

यस्तै कर्णाली प्रदेशको जुम्लामा ९ जना, हुम्लामा ४ जना, दैलेखमा १३ जना, सल्यानमा ३ जना र सुर्खेतमा १ सय १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा ३ जना, बाजुरमा १ जना, कञ्चनपुरमा १८ जना, दार्चुलामा ६ जना, कैलालीमा ६५ जना, डडेल्धुरामा ६ जना, बैतडीमा १२ जना, डोटीमा १ जना,  बझाङमा ४ जनामा संक्रमण देखिएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here