सरकारले कोरोना महामारी रोक्न नसकेको भन्दै दशैँपछि कडा आन्दोलन गर्ने कांग्रेसको घोषणा

0
139

हंगामा खबर काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियत्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोरोना भाइरस रोकथाम तथा नियत्रणका लागि गम्भिर नभएकोले दशैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको छ ।

कांग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन टोलिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैं लगत्तै संसद भित्र र बाहिर देशैभरी सशक्त विरोधका कार्यक्रम गर्ने बताएका हुन् । कोरोना भाइरस संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा कोभिड १९ संक्रमण महामारीको रुपमा फैलिएको उहाँले बताउनु भएको छ ।

advertise with hungama khabar

सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको सभापति देउवाको आरोप छ । औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि यी मध्यका काम जिम्मेवारीपूर्वक नगरेको बताउनु भएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जिवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशिल नभएको बताउनु भएको छ । उहाँले सरकारलाई जिम्मेवार बनेर काम गर्न समेत गर्नु भएको छ । कोरोना भाइरसका कारण नागरिक समस्यामा परेको भन्दै उद्दार र राहतको उचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग गर्नु भएको छ ।

कांग्रेसद्धारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोरोना भाइरस रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिदा समेत सरकार गम्भिर नभएको निष्कर्ष निकालेको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here