भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि

0
131

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई कोरोना भाइरस संक्रमण पोजिटिभ  देखिको छ । कोरोना भाइरससँग मिल्दो-जुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षणका लागि आजै स्वाब  दिनुभएका मन्त्री नेम्बाङको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

कोरोना पोजिटिभ आएपनि उहाँको स्वास्थ्य स्थिती भने सामान्य रहेको मन्त्री नेम्बाङका प्रेस संयोजक सन्दीप राईले बताउनुभएको छ । ‘ केहि समय यता कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपछि आज पीसीआर परीक्षण गर्दा काेराेना रिपोर्ट पोजिटिभ आएको छ, उहाँ अहिले मन्त्री क्वाटरमै होम आइसोलेशनमा बस्नुभएको छ’ – संयोजक राईले बताउनुभयो ।

 

Basanta Nembang

 

त्यस्तै मन्त्री नेम्वाङले पनि समामाजिक संजाल फेशबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको छ । उहाँले पछिल्लो समय आफूसँग सम्पर्कमा आउने सबैलाई स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्नुभएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here