अस्पतालले दिएन बेड, नवजात शिशु र सुत्केरी आमा चिसो भूईँमा १/१ सेयर गरि सरकार सम्म पुर्याउनुहोस

0
111

हंगामा खबर बर्दिया । जताततै कोरोनको महामारीको डर फैलिरहेका बेला बर्दियाको जिल्ला अस्पतालमा सुत्केरी हुन आउने महिलाको चाप बढ्छदै गईरहेको छ । अस्पतालमा दक्ष चिकित्सकसँगै प्रभावकारी प्रसूति सेवा प्रदान हुन थालेपछि बर्दियाका मात्र नभइ छिमेकी जिल्ला लगायत सुदूरपश्चिमका जिल्लाबाट समेत सुत्केरी हुन आउने महिलाहरुको संख्या निकै नै बढेको छ ।

अस्पतालमा सुत्केरी हुनेको संख्या बढेका कारण वेड अभावमा सुत्केरी भुइँमै सुत्न बाध्य भएका छन् । सधैं पेट दुख्थ्यो, गाउँको अस्पतालमा समस्या पत्ता लागेन, यहाँ राम्रो सेवा पाइन्छ भन्ने सुनेर बर्दिया अस्पतालमा उपचार गर्न आएको बुढीनन्दा नगरपालिका वडा नम्बर १ बाजुराबाट आएकी सुत्केरी बसन्ती जैसी भण्डारीले आफ्नो समस्या मिडियालाई सुनाइन् ।

उनले बर्दिया अस्पतालमा गुणस्तरीय सेवा पाएपनि वेड अभावमा भुइँमै सुत्नु पर्ने समस्या भएको बताइन् । नर्मल डेलीभरी भएकोमा खुशी हुँदै उनले भनिन् सधै पेट दुख्थ्यो बर्दिया अस्पतालमा उपचार गरेपछि नर्मल बच्चा जन्मियो । अस्पतालमा सुत्केरीहरुको संख्या धेरै भएकाले मैले वेड पाउन सकिन । बर्दियाको मधुवन नगरपालिकाबाट सुत्केरी हुन आएकी सविता थारु पनि नर्मल डेलीभरी भएकोमा निकै खुशी छिन् ।

तर अस्पतालमा वेड नपाएर भुइमै बस्नु परेको गुनासो उनले लगाएत अरु थुप्रै महिलाहरुले गरे ।अस्पतालले दिएको सेवा राम्रो भएपनि वेड नपाउँदा निकै गाह्रो भयो । उनले भनिन् अस्पतालमा सेवा त राम्रो छ तर सुविधाहरु कमी छ त्यसैले थप्नुपर्छ । अस्पतालले २४ घण्टामा १४ जना नर्मल, ३ जना सिजरिङ र १ जना भ्याकुमको सहयोगबाट १८ जनालाई प्रसूति सेवा दिँदै आइरहेको छ ।

बर्दिया अस्पताल गुलरियामा पछिल्लो समय अन्य सेवाहरुसँगै सुत्केरी हुन आउने महिलाको संख्या बढ्दो क्रममा रहेको छ । कोभिड सर्तकता, गुणस्तरीय प्रसूतिलगायत दक्ष चिकित्सकको उपलब्धताका कारण अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा दिन सक्षम भएको बर्दिया अस्पताल गुलरियाका प्रमुख सुभाष पाण्डेयले बताएका छन् ।

५० शैयाको जिल्ला अस्पताल भएपनि आवश्यक दरबन्दी लगायत अस्पतालको भौतिकपूर्वाधार अभावमा अस्पतालले बिरामीको चाप थेग्न नसकेको डा. पाण्डेयले बताएका छन् । (यादव आचार्यले अन्नपूर्ण पोष्टका लागि लेखेको समाचार र तस्वीर हामीले साभार गरेका हौं ।)

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here