९ अर्ब प्रकरण: आरोप प्रमाणित गर्न नसके झुण्डिन तयार छु: डा. बाबुराम भट्टराई

0
137

हंगामा खबर । काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले केपि ओलि, देउवा र प्रचण्डमाथि लगाएको ९ अर्व भ्रष्टाचारको आरोप पुष्टि नभए आफु झुण्डिन तयार रहेको बताएका छन । एभिन्युज टेलिभिजन द्वारा सार्वजनिक गरिएको एक अन्तरबार्ताको  डा. भट्टराईले यस्तो अभिव्यक्ति दिएका थिए ।

यस अघि गोर्खाको एक सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री केपि ओलि, र पुर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र देउवाले बुढीगण्डकी आयोजनामा ३-३ अर्व भ्रष्टाचार गरेको प्रमाण आफुसंग भएको बताएर सामाजिक संजालमा निकै नै चर्चामा आएका थिए । उनको उक्त आरोप लगत्तै नेपाली कांग्रेसले एक बिज्ञपति जारी गर्दै बाबुरामको आरोपमा सत्यता नरहेको बताएको छ भने नेकपाले भने अहिलेसम्म कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

advertise with hungama khabar

नेकपाका नेता भिम रावल लगाएतले डा. भट्टराईलाई उक्त आरोप सत्य हो र उनिसंग प्रमाण भए अख्तियार सामु प्रमाण पेश गर्न अनुरोध गरेका छन् तर प्रधानमन्त्री केपि ओलि र नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले कुनै पनि औपचारिक धारणा दिएको भने छैन ।

यस अघि पनि डा. बाबुराम भट्टराईले २०४६ साल पछिका सम्पुर्ण प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च प्रशासकहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउदै आएका छन्  ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here