डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि

0
107

Baburam-and-hisila-yami

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिनुभएको छ ।

डा. भट्टराईले आफु संग-संगै पत्नी हिसिला यमीलाई पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेका छन् ।

भट्टराई हालैमात्र मधेशका जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्कनु भएको थियो । मधेशमा उनी पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यतिबेला उनको पार्टीले सामाजिक दुरीको मापदण्डको ब्यापक उल्लंघन गरेको थियो ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here