जातीय राज्य बनाए देशको कायापलट हुन्छ, नेपाल अमेरिका बन्छ – डा. बाबुराम भट्टराई

0
502

प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न आबस्यक तर  जाति/भाषाको पहिचानमा राख्नचाहिँ नमिल्ने भन्दै प्रश्न राखेका छन्, यो कहाँको मार्क्सवाद,लोकतन्त्र,संघीयता हो ? उनले अन्य देशको उदाहरण दिदैँ जाति, भाषाको नाममा राज्य हुँदा अरु देश नटुक्रने तर नेपालचाहिँ टुक्रने भन्दै प्प्रश्न गरेका छन् । भट्टराईले लेखेका छन्,’अमेरिकामा अलाक्सा, अरिजोना, उताह, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति र भाषाका नाममा राज्यको नाम हुँदा देश नटुक्रने तर नेपालमाचाहिँ किन टुक्रने?’

 

 

उनले भूपी शेरचनलाई सम्झँदै लेखेका छन्, हिजो मगरात,तमुवान,ताम्सालिंग,नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ!’ सरी लली रोका, सुरेश वाग्ले..!’

 

baburam tweet

 

नेपालमा भूगोल र नदीको आधारमा प्रदेशको नामाकरण भएको छ । जसअनुसार प्रदेश नं. ३ ले बागमती, प्रदेश नं. ४ ले गण्डकी, प्रदेश नं. ५ ले लुम्बिनी, प्रदेश नं ६ ले कर्णाली, प्रदेश नं. ७ले सुदूरपश्चिम नामाकरण गरेका छन् भने प्रदेश नं. १ र २ को नामाकरण हुन अझै बाँकी रहेको छ । जनता समाजवादी पार्टीले मंगलबार प्रदेश ५ को नामकरण ‘अवध–थारुवान–मतरात’ राख्ने पक्षमा मत दिने गरी संशोधन दर्ता गराई सकेको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here