ट्यांकरबाट पम्पमा पेट्रोल खन्याउने क्रममा आगलागी – Hungama Khabar

0
177

हंगामा खबर । रूपन्देही । भैरहवामा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएकाे छ । सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको हाे ।

सोमबार राति पौने ८ बजे लु २ ख १५४१ नम्बरको ट्यांकबाट उक्त एभरेष्ट पेट्रोल पम्पकाे ट्यांकीमा इन्धन खनाउने क्रममा एक्कासि आगाे लागेकाे जानकारी प्राप्त भएको छ । आगलागीबाट ट्यांकर पूर्णरुपमा जलेर नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ साथै उक्त ट्यांकरमा रहेकाे ३० हजार लिटर डिजल पनि जलेर नष्ट भएको बताइएको छ ।

advertise with hungama khabar

साे क्रममा मानवीय क्षति भएको भने छैन तर इन्धन खन्याउने मेसिन अपरेटर नारायण खनालको हातखुट्टा पोलेर सामान्य घाइते भएकाे प्रहरीले बताएको छ । आगाे नियन्त्रणमा लिन सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट दमकल गएका थिए, राति अबेरमा भएको आगलागी नियन्त्रणमा लिइएकाे जानकारी प्राप्त भएको छ । दमकल समयमै पुगेको कारण अन्य वरिपरिका घरमाआगलागी हुनबाट भने जाेगाउन सकिएकाे प्रहरीकाे भनाइ छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here