एप्पलको सस्तो फोनको रुपमा आईफोन ट्वेल्भ मिनी सार्वजनिक, यस्ता छन् विशेषता

0
96

हंगामा खबर । काठमाडौं एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी बजारमा सार्वजनिक गरेको छ । यस अन्तर्गत आईफोन ट्वेल्भमा ६.१ इन्च स्किृन रहेकाे छ भने आईफोन ट्वेल्भ मिनीमा भने ५.४ इन्चको स्क्रिन रहेकाे छ । एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत सबैभन्दा सस्तो फोनको रुपमा आईफोन ट्वेल्भलाई अघि बढाएको छ ।

उक्त फोनको मूल्य ६९९ डलरदेखि सुरू हुने जानकारी दिइएको छ । त्यसैगरी आईफोन ट्वेल्भको मूल्य ७९९ डलरबाट सुरु हुने बताइएको छ । आईफोन ट्वेल्भ मिनीमा ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी र डुअल क्यामेरा सेट अप लगायतका विशेषताहरु देख्न पाइने छ । यसमा सुपर एक्सडीआर रेटिना डिस्प्ले समावेश गरिएको छ ।

आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी ब्लु, ग्रीन, ब्ल्याक, ह्वाइट र प्रडक्ट (रेड) गरी पाँच वटा कलरमा उपलब्ध छन् । यी फोन आईओएस फोर्टिनमा सञ्चालन हुने जनाइएको छ ।

उक्त आईफोन ६४, १२८ र २५६ जीबी स्टोरेजमा उपलब्ध भएका छन् । यसैबीच एप्पलका नयाँ आईफोनमा चार्जर र इयरबर्ड साथमा नआउने जानकारी समेत आईफोन कम्पनीले दिएको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here