हंगामा खबर । काठमाडौ । भारतका चर्चित अभिनेता अमिताभ बच्चनले नेपालको सार्वभौमसत्तामा खुलेआम हस्तक्षेप गर्दै आपत्तिजनक प्रश्न आफ्नो कार्यक्रममा सोधेका छन् । कौन बनेगा करोडपति नामको एक टेलिभिजन कार्यक्रममा अमिताभले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूमी भन्दै आपत्तिजनक प्रश्न सोधेका छन् ।
अमिताभ बच्चनले प्रश्न सोधेका छनकी, किस देश कि संसद ने २०२० मे अपने देश के एक नयाँ नक्शा स्वीकृत किया, जिसमे भारतका लिपुलेक, कालापानी और लिम्पियाधुरा भूमिको भी शामिल किया गया था ?’ यो प्रश्नको चार जवाफ मध्ये अप्सनमा भुटान, नेपाल, म्यानमार र चीन दिइएको थियो । यो प्रश्न आएपछि अहिले विश्वभरीका नेपाली र नेपालीभाषीहरुले उनको खुलेरै निकै विरोध गरिरहेका छन् ।
भारतीय सरकारको इसारामा यो कार्यक्रममा यस्तो आपत्तिजनक प्रश्न गरेको आरोप लगाएका छन् । महानायक अमिताभ समेत सरकारको मोहोरा बनेर उनकै देशका नेपालीभाषी र छिमेकी नेपाली जनताको भावनामा ठेस पुर्याएका छन् ।
हेर्नुहोस् भिडियो यस्तो छ उनको हर्कत