योगेश भट्टराईले भने; ‘गोविन्द केसी झुठको पुलिन्दा हो, मागहरु बेकार छन्, नियत नै ठिक छैन

0
910

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चिकित्सा शिक्षाका लागि लड्दै र चिकित्सा क्षेत्रलाई राम्रो बनाउनको लागि विभिन्न माग राख्दै आएका नेपालका असल पुत्र डाक्टर गोविन्द केसीलाई झुठको पुलिन्दा भनेका छन्। मन्त्री भट्टराईले अनसनरत केसीको व्यवहार भन्ने एउटा र गर्ने अर्कै जस्तो भएको टिप्पणी गरेका छन्। डाक्टर केसीलाई नेपाल प्रहरीले बल जबरजस्ती गरेर घिसारेको भिडियो सार्वजनिक भएपछि सरकारको यतिबेला चौतर्फी विरोध भइरहेको छ।

तर मन्त्री योगेश भट्टराईले भने डा. केसीको इन्टेन्सन नै गलत भएको बताएका छन् । भट्टराईले केसीले सरकार र नेपाली जनतासँग इमोशनल ब्ल्याकमेलिङ गरिरहेको आरोप समेत लगाएका छन् । इमोशनल ब्ल्याकमेलिङ गर्नु  राम्रो नभएको,’ नागरिक नेटवर्कसँगको कुराकानीमा भट्टराईले भनेका छन् । गोविन्द केसी राम्रो डाक्टर र सम्मानित व्यक्ति भए पनि उनको यतिबेला व्यवहार भने एउटा र कार्यशैली भने अर्को भएको भट्टराईको आरोप छ।

‘कांग्रेसको सरकार हुँदा पनि मैले गोविन्द केसीका कतिपय कुरा गलत छन् नभनेको भने होइन । भट्टराईले भेनेका छनकी अहिले सरकारको विरोध गरेको भएर मात्र यस्तो भनेकोचाहिँ होइन। मन्त्री भट्टराईले केसीका माग कसले सम्बोधन गर्ने भनी प्रश्न गरे। ‘मेडिकल कलेज खोल्नुपर्छ, त्यो गर्नुपर्छ, उ गर्नुपर्छ। त्यत्रो कसले व्यहोर्न सक्छ ति सब माग पुरा गर्नलाई?’ गोविन्द केसीको मागको नियत नै गलत भएको भट्टराईले दावी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here