स्याङ्जाको वालिङ न.पा मा पहिरोले पुरिएर एक जनाको निधन भएको छ – हंगामा खबर

0
313
स्याङ्जा ,वालिङ –
स्याङ्जाको वालिङ न.पा मा फेरि पहिरोले पुरिएर एक जनाको निधन भएको छ । केही दिन अघि वालिङ न.पा 14 मा पहिरोले पुरेर एकै घरका ८ जानाको र कालीगण्डकी गाउपालिकामा एक जानाको पहिरोको कारण दुर्घटना  भएको हप्ता नपुग्दै फेरि पनि स्याङ्जामा दोस्रो पहिरोको घट्ना घटेको छ ।

 

 गिटि निकाल्न भनी गएका स्थानिय तीन जना मध्य पहिरोले पुरिएर एक जनाको उपचारको क्रममा निधन भएको छ भने दुइजाना गम्भीर घाइते भएका छ्न ।

 

पहिरोले पुरिएर वालिङ ११ का ३९ वर्सिय दुर्गा थापाको निधन भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी दिएको छ । घाइते मध्य सोही वडाका वर्ष ३१ नारायणी सिङ्गजाली र ३५ वर्सिय मुना थापाको गह्रौ घ्याङ्लिङ प्रथामिक स्वास्थ्य चौकिमा उपचार भैरहेको छ ।

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here