निशान्त सुवेदी स्याङ्जा,वालिङ –
विश्व अहिले कोरोनाको माहामारी झेलिरहेको छ र नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको छ । यस्तैगरी स्याङ्जाको वालिङ न.पा ४ एलादिका एक पुरुसको आइसोलेसनमा उपचारका क्रममा निधन भएको छ । यहि असोज ५ गते भारतबाट आएका पुरुसमा ७ गते कोरोना संक्रमण देखिएको थियो । उनलाइ सुन्तलाबारी होमस्टे सामुदायिक भवनमा राखेर उपचार भइरहेको अवस्थामा उनको निधन भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल प्रशाद पाण्डेले जानकारी दिएका छ्न ।
दुबै मृगौला फेल र क्यान्सरको रोगी रहेका ४३ वर्सिय पुरुषको निधन भएपछी कोरोनाको रिपोर्ट नेगेटिभ आएको पाण्डेले बताएका छ्न । उनको दाहसंस्कार भने धार्मिक परम्परागत रुपमा हुने बताइएको छ ।