कोरोना संक्रमित क्याप्टेन लामा भन्छन्, यो रोगलाई सामान्य नठान्नु ,मनछुने सन्देश ! (भिडियोसहित)

0
441

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण भएको छ र उनले सम्पूर्ण नेपालीलाई कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गर्दै भिडियो सन्देश सार्वजनिक गरेका छन् । कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा निकै ध्यान दिन सबैलाई आग्रह समेत गरेका छन् । उनले लेखेका छन्, मेरो विनम्र अनुरोध सबै नेपालीमा बिन्ती छ, यो कोरोना भाइरसलाई हल्का रुपमा नलिनु होला । आफ्नो सुरक्षामा अलिकति पनि नगर्नुहोला ।

यो रोगलाई हामी नेपालीले जति सामान्य सोचेका थियौ त्यति सामान्य रोग भने होइन रहेछ । यसले बिरामी मात्र होइन ज्यान समेत लिन सक्छ ।लामाले लेखेका छन्, आभारी छु तपाईंहरुको माया, स्नेह, साथ र प्रार्थनाको लागि । म कोरोना संक्रमणबाट छिटै निको भई चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरु नेपाली जनतालाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु ।

आफ्नो स्वास्थ्यमा निकै नै सुधार भएको जानकारी दिँदै उनले चाँडै उडान गर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने समेत बताएका छन् । कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा उनि छन् र अहिले आफ्नो स्वास्थ्यमा धेरै नै सुधार हुदै गएको उनले जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि मेरो डिस्चार्ज हुने आशा राखेको छु । उनले लेखेका छन्, रगतको नमूना पनि लगेको छ, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण पनि छैन, राति निन्द्रा पनि राम्रै लागेको, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल निकै नै घटेको अवस्था छ । क्याप्टेन लामाले यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टिमको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएका सम्पूर्ण  सताफहरुलाई धन्यवाद समेत दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here