बालबच्चालाई दुई छाक त खुवाउनै पर्याे भन्दै निषे’धाज्ञा तोडेर चल्न थाले ट्याक्सीहरू

0
587

यतिबेला लगातार लक’डाउन र निषे’धाज्ञाले नेपालीहरुको जनजीवन कष्टकर बन्दै गईरहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो तीन हप्तादेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा बढ्दै गर्दा भाडामा चल्ने ट्याक्सी भने सडकमा निस्किन थालेका छन् । मंगलबार उपत्यकामा निषे’धाज्ञा तोड्दै बाक्लै संख्यामा ट्याक्सी चालकहरुले ट्याक्सी चलाएर सेवा दिइरहेका थिए ।

बालबच्चालाई दुई छाक त खुवाउनै पर्याे भन्दै निषे’धाज्ञा तोडेर चल्न थाले ट्याक्सीहरू, Nepal News, Nepali News

कोरोना संक्रम’णको जोखिमका बीच बाध्यता र आवस्कायकताका कारण आफूहरु सड्कमा आउन बाध्य भएको ट्याक्सी चालकहरुले बताएका छन् । ट्याक्सी चालकले भने, ‘कति दिन कोठामा थु’निएर बस्ने, बालबच्चालाई दुई छाक खुवाउन सकेको छैन त्यसैले बाध्यताले ट्याक्सी लिएर निस्किनु पर्यो ।’मीनभवनमा भेटिएका काभ्रे तिमालका ट्याक्सी चालक सानु तामाङले पनि कोठा भाडा तिर्न र परिवार पाल्नका लागि भएनी निषेधाज्ञा तोडेरै ट्याक्सी चलाउन आफू बा’ध्य भएको बताए ।

ट्याक्सी चालकले आफुहरुले एम्बुलेन्सले भन्दा पनि सस्तोमा सेवा दिएको दावी गर्दै निषे’धाज्ञाको बीचमा ट्याक्सी चलाउन पाउनुपर्ने माग गरेपनि सरकारले उनीहरुको माग नसुनेको र  ट्याक्सी चलाउन दिएको छैन । निषेधा’ज्ञाको बेला ट्याक्सी चलाउन नपाउने भन्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले भने, ‘बि’रामी लिएर हिँडेको भए छुट्टै कुरा हो नत्र ट्याक्सी चल्न दिँदैनौं ।’ अप्ठ्यारो परेर निस्केका बाहेक अन्यको हकमा प्रहरीले ट्याक्सी चलाउन दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here