कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरू ‘पाखे’ हुन् – सूर्य थापा (भिडियाे सहित)

0
500

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई एक पाखे सन्तुलित विचार नभएको बताएका छन् । अस्ति राति मंगलबार प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा-कानी गर्ने क्रममा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यस्तो टिप्पणी गरेका थिए ।

पत्रकार धमलालेले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि ? भनेर प्रश्न सोध्दा सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘त्यसो भन्नेहरु एक प्रकारका पाखे नै हुन् । उहाँहरुको त्यो सन्तुलित विचार, बुझाई र दृष्टिकोण भने होईन् ।’ सल्लाहकार थापाले अघि नै भनेका छन्,‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू पनि मानिस हो । कुलमानजी पनि मानिस नै  हो नाकी भगवान। जनताले सडकमा उत्रिएर भगवान भनेपनि हामीले पनि भगवान भन्ने हो त । हामी मान्छे हो मान्छे नै भन्नु पर्छ।’

सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छनकी ,”मैले “पाखे” भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एक प्रकारको पाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।”

surya thapa
surya thapa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here